क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम हो : स्वास्थमन्त्री बस्नेत

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग उन्मुलन गर्न रोग थाहा पाउनु नै पहिलो काम भएको बताए।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रमको शुभारम्भ गर्नुहुँदै मन्त्री बस्नेतले रोग थाहा पाउन प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन आग्रह गरे।
‘क्षयरोग निर्मुलका लागि तीन बर्ष अगाडिदेखि सुरु भएको यो अभियानमा यस बर्ष थप एक सय वटा पालिकामा लागू हुँदैछ। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीबाट सुरु भएको यो अभियानमा प्रत्येक घरघरमा पुगेर क्षयरोगका विरामी पहिचान गरि निर्मुलमा ध्यान दिन आग्रह गर्दछु । रोगको निदानका लागि जनचेतना नै महत्त्वपूर्ण हाे, यसका लागि सरकारका तीनै तह एक आपसमा मिलेर काम गर्नु पर्छ,’ मन्त्री बस्नेतले भने।
मन्त्री बस्नेतले रोग लागेपछि ओैषधि उपचार गर्ने भन्दा पनि जनचेतना जगाएर रोग नै लाग्न नदिने कुरामा ध्यान दिनुपर्नेमा जोड दिँदै कुपोषणको सिकारबाट नागरिकलाई बचाउन ध्यान दिनुपर्ने बताए।
उनले क्षयरोग निर्मुलका लागि संघीय र प्रादेशिक सरकार भन्दा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने प्रष्ट पारे। नेपालले भ्याक्सिन मागेर भएपनि कोभिडको विरुद्धमा लडेर विजय प्राप्त गरेकोउँदै उनले यसका लागि लाग्ने सबैलाई धन्यवाद ब्यक्त गरे।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर संगीता कौशल मिश्रले मृत्यु हुनेहरूको संख्यामा ५० प्रतिशत क्षयरोगबाट हुने गरेको बताउँदै समुदायको सहभागितामा यसको निर्मुल सम्भव छ भन्ने धारणा राखे। उनले क्षयरोगको निदान गर्न उपचारका लागि निरन्तर लगानी वृद्धि आवश्यक रहेको बताए।
क्षयरोग निर्मुलका लागि गैरसरकारी संस्था, समुदाय, सञ्चार क्षेत्रको साझेदारी आवश्यक भएको बताउँदै उनले यो महत्त्वपूर्ण भएको र समाजमा विभेदको स्थितिको अन्त्यका लागि सामाजिक जागरण पनि चाहिने धारणा राखे।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले अभियानको विषयमा प्रस्तुतिकरण गर्दै प्रतिवर्ष २ सय २९ जना क्षयरोगका विरामी भेटिने गरेको तथ्यांक प्रस्तुत गरे।
चौतारा साँगाचोकगढी नगरपालिका कृष्णप्रसाद सापकोटाले यो अभियानलाई स्थानीय तहको नीति, योजना, बजेट र कार्यक्रममा प्राथमिकतामा राखेर लागि पर्ने बताए। कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे नगरपालिका , हेलम्बु गाउँपालिका जनप्रतिनिधिहरू जिल्लाका प्रशासकिय प्रमुखहरु लगायतकको उपस्थिति रहेको थियो।















मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
इजरायली आक्रमणमा सैन्य कमान्डरको हत्या भएको इरानको पुष्टि
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
टीकापुर थारू साहित्य तथा सांस्कृतिक उत्सव सुरु
प्रतिक्रिया