चिलीको डढेलोमा परी १० जनाको मृत्यु

चिली । चिलीको मध्य भाल्पाराइसो क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण कम्तीमा १० जनाको मृत्यु भएपछि शुक्रबार उक्त क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।
चिलीका त्यहाँका अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउन ‘विपत्तिका कारण आपतकालीन अवस्था घोषणा’ गर्ने घोषणा गरेका छन्।
डढेलो भिना डेल मार र भाल्पाराइसो पर्यटकीय क्षेत्रमा लागेको छ ।
चिलीको राष्ट्रिय वन प्राधिकरण कोनाफका अनुसार भाल्पाराइसोमा मात्रै करिब ४८० हेक्टर जमिन डढेलोले जलाइसकेको छ ।
एल निनो मौसमी घटनाका कारण दक्षिण अमेरिकाको दक्षिणी भागलाई प्रभावित गर्ने ग्रीष्मकालीन गर्मी र खडेरीका कारण डढेलो लागेको हो । वैज्ञानिकहरूले तीव्र गर्मी र डढेलोजस्ता प्राकृतिक प्रकोपहरूको जोखिम बढेको भन्दै सावधानीका लागि जानकारी गराएका छन् ।
चिली र कोलम्बियाले बढ्दो तापक्रमसँग जुधिरहँदा आगामी दिनमा अर्जेन्टिना, पाराग्वे र ब्राजिलमा पनि गर्मी बढ्ने बताएका छन् ।














पारिजात सम्मान २०८२ बाट सम्मानित हुनेहरूको नाम घोषणा
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
प्रतिक्रिया