सिड्नीबाट एक करोड ४७ लाख अमेरिकी डलर बराबरको कोकिन बरामद

अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रहरी बलले सिड्नीको पश्चिमी क्षेत्रमा दुई करोड २५ लाख अष्ट्रेलियाली डलर (करिब एक करोड ४७ लाख अमेरिकी डलर) बराबरको १५ किलो कोकिन बरामद गरेको जनाएको छ ।
स्थानीय समयअनुसार शुक्रबार दिउँसो गुप्तचर प्रहरी डुलविचहिलस्थित घरमा प्रतिबन्धित लागूपदार्थको आपूर्तिबारे सोधपुछका लागि पुगेका थिए ।
घटनास्थलमा पक्राउ पर्नुअघि एक व्यक्तिले गाडीको बुटबाट एउटा झोला निकालेका थिए र अधिकारीहरूले झोलामा एक किलो कोकिनको ब्लक फेला पारेका थिए ।
स्थानीय समयअनुसार साँझ ५ बजेपछि ड्रममोइनस्थित परिसरमा पक्राउपूर्जी जारी गरी २२ वर्षीय ती युवकलाई नजिकैको प्रहरी चौकीमा लगिएको थियो ।
ग्यारेजमा खानतलासी गर्दा थप १४ किलो कोकिन फेला परेको थियो । बरामद कोकिनको कुल मूल्य दुई करोड २५ लाख अष्ट्रेलियाली डलर (करिब एक करोड ४७ लाख अमेरिकी डलर) हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
अपराधीलाई ठूलो व्यावसायिक मात्रामा उक्त प्रतिबन्धित सामान आपूर्ति गरेको दुई अभियोग लगाइएको थियो । उनलाई दुई पटक जमानत दिन अस्वीकार गरिएको छ र उनी अप्रिलमा स्थानीय अदालतमा उपस्थित हुनेगरी हिरासतमा रहनेछन् ।

















सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया