फुटबल
आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
मेरोन्यूज
२०८० माघ २० गते १६:३३

पोखरा । त्रिभुवन आर्मी क्लब २३औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
पोखरा रंगशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३-० ले पराजित गर्दै आर्मी पहिलोपटक च्याम्पियन बनेको हो ।
आर्मीको जितका लागि जिलेप्सीजंग कार्की, फत्तेमान घले र वसन्त जिम्बाले समान १/१ गोल गरे । खेलको ३८ औं मिनेटमा आर्मीका जिलेप्सीजंगले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
आर्मीका फत्तेमान घलेले खेलको ८३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका लागि अन्तिम समयमा बसन्त जिम्बाले तेस्रो गोल गरेका थिए ।
च्याम्पियन बनेको आर्मीले १२ लाख एक हजारसहित ट्रफी हार पार्यो । फाइनलमा पराजित थ्री स्टारले ६ लाख एक हजारमा चित्त बुझाउनु पर्यो ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया