गगन चुम्बनको गगनाँसु लोकार्पण

काठमाडौँ । हातेमालो साहित्य सङ्गमको आयोजनामा गगन चुम्बनको गगनाँसु कृति लोकार्पण गरिएको छ ।
शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक समारोहका बीच सिद्ध नारायण आचार्य (गगन चुम्बन) कोदोस्रो गजलसङ्ग्रह ‘गगनाँसु’ लोकार्पण सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा।डा। कृष्ण हरि बराल, समीक्षक भूवन निस्तेज, गजलकार बाबु त्रिपाठी, विशिष्ठ अतिथि निराजन आचार्य तथा स्रष्टाले सामुहिक रूपमा लोकापर्ण गरेका हुन् ।
समीक्षक भूवन निस्तेज, उमेश अवस्थी आदर्श र गजलकार बाबु त्रिपाठीले कृतिमाथि आ(आफ्नो धारणा राख्नु भएको थियो ।
निस्तेजले गजलको इतिहासलाई औँल्याउँदै गगन चुम्बनको गगनाँसु ऐतिहासिक गजलसङ्ग्रह भएको उल्लेख गरे । उनले सङ्ग्रह भित्रका
केही गजलका शेरहरू समेत वाचन गर्नुभयो र कृति जीवन्त रहने कुराको विश्वास रहेको जिकिर गरे। यस्तै समीक्षक आदर्शले स्वच्छन्दतावादी
काव्यात्मक धारलाई समावेश गर्दै प्रतिकात्मक एवम् परिष्कृत धारमा रचिएको गगनाँसु गजलसङ्ग्रह निकै शक्तिशाली रहेको अभिमत राखे ।
कार्यक्रममा बोल्दै गजलकार बाबु त्रिपाठीले आफूले दशक लामो समय गजलकालागि देश दौडाह गरिरहँदा यो कृति अहिलेसम्म प्रकाशित गजलसङ्ग्रह मध्येको एक उत्कृष्ट पुस्तक भएकाले सबै गजल पारखीहरूले
पढ्न आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. बरालले गगन चुम्बनको गगनाँसु शास्त्रीय हिसाबलेसमेत आजसम्मकै नमूना गजलसङ्ग्रह बनेकाले यसले हरेक पाठकका मनलाई स्पर्श गर्ने छ भन्दै गजलको इतिहासमा यो कृतिले महत्त्वपूर्ण स्थान ओगट्ने भएकाले यो कृति अमूल्य रहेको बताउँदै स्रष्टालाई बधाई एवम् शुभकामना दिए ।
















स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै
तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति
बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया