कल्याण कार्कीकाे ‘व्यवहार बिग्रेर’ सार्वजनिक

काठमाडौं । पछिल्लो समयको समाजमा व्याप्त भएको परिवेश र परिस्थितिलाई मध्यनजर गर्दै गायक भागिरथ चलाउनेले नयाँ गीत ‘व्यवहार बिग्रेर’ लिएर आएका छन् ।
गीतमा लेनदेनको कारोबारबाट बिग्रिएपछि बैंक र सहकारी धाउनुपरेको र त्यहाँबाट पनि तनाव सिर्जना भएको विषय समेटिएको छ । आर्थिक कारोबारमा अरुको समस्या समाधान गर्दै जाँदा आफैं समस्यामा परेको र परिवार धान्न मुस्किल भएको विषयलाई गीतले उठाएको छ । गीतले समयसान्दर्भिक वस्तुस्थितिको चित्रणसमेत गरेको छ ।
‘व्यवहार बिग्रेर’ गीतलाई कल्याणरत्न कार्कीले शब्द तथा संगीत सिर्जना गरेका छन् । गायक भागिरथ चलाउने र गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएको ‘व्यवहार बिग्रेर’ गीतको संगीत संयोजन भने श्यामश्वेत रसाइलीले गरेका छन् ।
‘व्यवहार बिग्रेर’ गीतको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोको छायाँकन राम केसी र सुनिल भण्डारीको रहेको छ भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् । भिडियोमा अनिता बस्नेत र कल्याणरत्न कार्कीले मुख्य भूमिका निर्वाह गरेका छन् । भिडियोलाई खाँडादेवी फिल्म्सबाट सार्वजनिक गरिएको हो ।
















बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया