नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास सुरु

काठमाडौँ । नेपाली सेना तथा संयुक्त राज्य अमेरिकी सेनाबीच संयुक्त तालिम ‘एक्स ब्यालेन्स नेल’ प्रारम्भ भएको छ ।
विसं २०६० देखि सञ्चालन हुँदै आएको तालिमकोे यो ४१औँ संस्करण हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त तालिममा नेपाली सेनाबाट ३६ जना तथा अमेरिकी सेनाका १० जना गरी जम्मा ४६ जना सम्मिलित छन् छन् ।
उक्त तालिममा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायत विषयमा केन्द्रित रही छाउनी र नगरकोट इलाकामा आगमी फागुन २४ गतेसम्म सञ्चालन हुनेछ ।
नेपाली सेना संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, मङ्गोलिया, इण्डोनेसियालगायत देशका सैन्य सङ्गठनसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रतिआतङ्कवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसङ्घीय ‘शान्ति मिसन’ लगायत विषयमा संयुक्त अभ्यासमा सहभागी हुँदै आएको छ ।
संयुक्त अभ्यासका क्रममा आगामी फागुन ८ गतेदेखि २१ गतेसम्म वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा गमा बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण आयोजना हुँदैछ ।









आकर्षक छुट र सुविधासहित यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’ घोषणा
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
प्रतिक्रिया