चितवनमा खाना अड्किएर एक जनाको मत्यु
मेरोन्यूज
२०८० माघ २४ गते ६:३७

चितवन। चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन् ।
कुमाल आफ्नै घरमा खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए । उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राती पौने ९ बजे उनको मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया