एमाले दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ विजयी
मेरोन्यूज
२०८० माघ २६ गते ६:४२

काठमाडौं । नेकपा एमाले दोलखाको १०औं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा नरबहादुर श्रेष्ठ विजयी भएका छन्।
प्रतिद्वन्द्वी ईश्वरचन्द्र पोखरेललाई ९५ मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन्। विजयी श्रेष्ठले ३३३ मत पाउँदा उनका प्रतिस्पर्धीहरू पोखरेलले २३८ र भरत दुलालले ३८ मत मात्रै पाए।
एमाले दोलखाको उपाध्यक्षमा ३३६ मत ल्याएर राजेन्द्र मानन्धर विजयी भएका छन्। उपाध्यक्ष पदका अर्का उम्मेदवार हिरा थोकरले २६३ मत पाएका छन्।
यस्तै, सचिव पदमा स्वयमबहादुर खड्का विजयी भएका छन्। खड्काले ३ सय ४ मत पाउँदा अर्का उम्मेदवार कृष्ण बस्नेतले २ सय ८४ मत पाए।
उपसचिव पदमा खुला पुरुषतर्फ हरि ओली र महिला उपसचिवमा कमला बस्नेत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
सम्बन्धित
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया