आइपीओ जारी गर्दै झ्यामोलोङ्गमा हाइड्रोपावर

काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणहरुको लागि उक्त आइपीओ निष्काशन गर्ने जनाएको हो।
आइपीओ बिक्रीका लागि लक्ष्मी सनराइज (एलएस) क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ। कम्पनीले १०० अकिंत दरमा ५१ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो।
साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीको करर्पोरेट कार्यालय कुपन्डोल, लिलितपुरमा कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एलएस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
झ्यामोलोङ्गमा हाइड्रोपावारले ३२ मे.वा. क्षमता रहेको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न गरिसकेको छ। उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्षभित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीको भनाई छ।














कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया