सुशील कोइराला स्मृति दिवसमा दौड प्रतियोगिता

मोरङ । पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको आठौँ स्मृति दिवसका अवसरमा यहाँ महिला तथा पुरुषको खुला दौड प्रतियोगिता आयोजना गरिएको छ ।
आज बिहान विराटनगरको महेन्द्र जनआन्दोलन चोकदेखि बगरगाछीसम्म चार किलोमिटरको दौड प्रतियोगिता भएको हो ।
प्रतियोगितामा महिलातर्फ अंशु मण्डल, तुलसा खतिवडा र रोशनी साह क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् । यसैगरी पुरुषतर्फ अमर यादव, याङ्देव राई र सुनिल मेहता क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विजयीलाई नगदसहित प्रमाणपत्र वितरण गर्दै खेलकुदका लागि आवश्यकपर्ने पूर्वाधार, प्रशिक्षण एवं सामग्री उपलब्ध गराउन नगरले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले खेलकुदका माध्यमबाट नगर, प्रदेश र मुलुकको नाम विश्वमा राख्न खेलाडीले निरन्तर अभ्यास गर्नुपर्नेमा जोड दिए ।
प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले र कार्यक्रम संयोजक प्रकाश दाहालले खेलकुदका माध्यमबाट आजका युवालाई अनुशासित बनाई मुलुकको विकासमा लाग्न योग्य बनाउनुपर्ने धारणा राखे । आज भएको प्रतियोगितामा महिला र पुरुष गरी ३३ जनाको सहभागिता थियो ।
















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया