बालकसहित बेवारिसे महिलाको उद्धार

हेटौंडा । शुक्रबार बालकसहित एक महिलाको उद्धार गरिएको छ।
हेटौंडा-९ लामसुरेधापस्थित मानवसेवा आश्रमले १५ महिने बालकसहित अन्दाजी ३५ वर्षीया सत्यदेवी श्रेष्ठको उद्धार गरेको हो। मानसिक र शारिरीक रूपमा अशक्त रहेको अवस्थामा श्रेष्ठको उद्धार गरिएको मानवसेवा आश्रमकी अभियान्ता इशा थापाले जानकारी दिइन्।
हेटौंडा अस्पतालको समन्वयमा उद्धार गरिएकी श्रेष्ठ सार्वजनिक स्थलमा छोरालाई काखमा च्यापेर कष्टपूर्ण जीवन विताउँदै आइरहेकी थिइन्। गत माघ २२ गते एक व्यक्तिले बालकसहित ती महिललाई हेटौंडा अस्पतालमा भर्ना गरेका थिए। ती व्यक्ति पनि सम्पर्कमा नआएपछि अस्पतालले आश्रमको जिम्मा लगाएको हो।
ती महिलाको परिवार अहिले सम्पर्कमा आइसकेको बताएको छ। श्रेष्ठको घर धादिङ र माइती मकवानपुरगढी गाउँपालिका सामरी, सिमल्टार रहेको पाइएको छ। परिवारले भने उनको जिम्मेवारी लिन अस्विकार गरिरहेको थापाले जानकारी दिइन्।
मानवसेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले माइतीमा सम्पर्क गर्दा माइतीले जिम्मा लिन अस्वीकार गरिरहेको बताए। श्रीमान्को खोजी गरी जिम्मा लगाउन माइतीले आग्रह गरिरहेको उनले बताए। महिलाका श्रीमान्लाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको पौडेलको भनाइ छ।















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
प्रतिक्रिया