बालकसहित बेवारिसे महिलाको उद्धार

हेटौंडा । शुक्रबार बालकसहित एक महिलाको उद्धार गरिएको छ।
हेटौंडा-९ लामसुरेधापस्थित मानवसेवा आश्रमले १५ महिने बालकसहित अन्दाजी ३५ वर्षीया सत्यदेवी श्रेष्ठको उद्धार गरेको हो। मानसिक र शारिरीक रूपमा अशक्त रहेको अवस्थामा श्रेष्ठको उद्धार गरिएको मानवसेवा आश्रमकी अभियान्ता इशा थापाले जानकारी दिइन्।
हेटौंडा अस्पतालको समन्वयमा उद्धार गरिएकी श्रेष्ठ सार्वजनिक स्थलमा छोरालाई काखमा च्यापेर कष्टपूर्ण जीवन विताउँदै आइरहेकी थिइन्। गत माघ २२ गते एक व्यक्तिले बालकसहित ती महिललाई हेटौंडा अस्पतालमा भर्ना गरेका थिए। ती व्यक्ति पनि सम्पर्कमा नआएपछि अस्पतालले आश्रमको जिम्मा लगाएको हो।
ती महिलाको परिवार अहिले सम्पर्कमा आइसकेको बताएको छ। श्रेष्ठको घर धादिङ र माइती मकवानपुरगढी गाउँपालिका सामरी, सिमल्टार रहेको पाइएको छ। परिवारले भने उनको जिम्मेवारी लिन अस्विकार गरिरहेको थापाले जानकारी दिइन्।
मानवसेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले माइतीमा सम्पर्क गर्दा माइतीले जिम्मा लिन अस्वीकार गरिरहेको बताए। श्रीमान्को खोजी गरी जिम्मा लगाउन माइतीले आग्रह गरिरहेको उनले बताए। महिलाका श्रीमान्लाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको पौडेलको भनाइ छ।
















दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया