मंगलबार, पुष २९, २०८२

एक करोड ८२ लाख नक्कली नेपाली नोटसहित एक भारतीय पक्राउ

मेरोन्यूज २०८० माघ २९ गते १७:५९

सुनसरी । ठुलो परिमाणमा नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले १८ हजार २५१ थान नक्कली नोट (एक करोड ८२ लाख ५१ हजार रुपैयाँ) सहित सुनसरीको ईनरुवा न.पा.बाट भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

भारतको बिहार राज्य बिरपपुर-५ का २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई माघ २८ गते आइतबार BR 11 X 3429 नम्बरको स्कारपियो गाडीमा चेकजाँच गर्ने क्रममा गाडी भित्र विभिन्न भागमा लुकाई छिपाई राखेको अवस्थामा उक्त नक्कली नाेट बरामद गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जि.प्र.का. सुनसरीले जनाएको छ ।

प्रतिक्रिया