नेपाल टेलिकमको नाफा घट्यो, ६ महिनामा झण्डै ४ अर्ब आम्दानी

काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमास सम्मा आएर नाफा कमाएको छ । टेलिकमले ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसले ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यस कम्पनीको सञ्चालन आम्दानी घटेपछि नाफामा गिरावट आएको हो र वित्तीय आम्दानी पनि घटेको छ । गत वर्ष यस कम्पनीले १८ अर्ब ७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । अहिले उक्त आम्दानी घटेर १७ अर्ब २४ करोड रुपैयाँमा झरेको छ ।
त्यसैगरी, वित्तीय आम्दानी पनि ३ अर्ब ९५ करोडबाट घटेर ३ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ । टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ६ करोड ६८ लाखबाट बढेर ४४ करोड ६४ लाख पुगेको छ । हाल यसको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । टेलिकमको रिजर्भ कोषमा ७२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्ष ४७ रुपैयाँ २८ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले घटेर ४३ रुपैयाँ ६८ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ भने ५०३ रुपैयाँ ७६ पैसा रहेको छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया