रामेछापमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
मेरोन्यूज
२०८० फागुन १ गते १७:५६

मन्थली (रामेछाप) । रामेछाप नगरपालिका–९ ल्याङल्याङमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने त्यसमा सवार दुई जना घाइते भएका छन् ।
दुर्घटनामा ट्र्याक्टर चालक सोही वडाका ३७ वर्षका गुणराज श्रेष्ठको मृत्यु भएको छ भने रामेछाप नगरपालिका–८ का मनोज मगर र सोही वडाका चन्द्रबहादुर शाही घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर पराजुलीका अनुसार उक्त ट्र्याक्टर सुुनकोशी नदी किनारबाट बालुवा लिएर ल्याङल्याङतर्फ आइरहेको थियो ।
घाइतेमध्ये चन्द्रबहादुरको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।
सम्बन्धित













देशको अर्थतन्त्र सुधार गर्नु वर्तमान आवश्यकता हो : अर्थमन्त्री खनाल
थाई–कम्बोडिया सीमा तनाव फेरि चर्कियो
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
सङ्खुवासभामा करेन्ट लागेर एक जनाको मृत्यु
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
चुनावका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)
तेक्वान्दोमा नेपाललाई चार स्वर्णसहित २६ पदक
मुस्ताफिजुर विवाद : टि–२० विश्वकपका खेल भारतबाट सार्न बङ्गलादेशको आग्रह
क्यानले आइसिसी महिलाटी–२० विश्वकप छनोट खेल्ने खेलाडीको नाम घोषणा गर्याे
प्रतिक्रिया