आइतबार, पुष २७, २०८२

ललिता निवास जग्गा प्रकरण : सुवेदी र ढकालसहित १२ जना दोषी ठहर

मेरोन्यूज २०८० फागुन ३ गते १८:५२

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो ।

अदालतले बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने फैसला समेत सुनाएको छ ।

प्रतिक्रिया