शनिबार, वैशाख १९, २०८३

ललिता निवास प्रकरणमा पूर्वमन्त्री विजय गच्छदारले पाए सफाइ

मेरोन्यूज २०८० फागुन ३ गते २०:०३

काठमाडौं। ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्वमन्त्री विजयकुमार गच्छदारले सफाइ पाएका छन्। विशेष अदालतबाट उनीसहित सचिव डम्बर श्रेष्ठले सफाइ पाएका छन्।

Advertisement
NiccNicc

गच्छदारमाथि २०६६ सालमा भौतिक योजना तथा निर्माण मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो। उनीमाथि ९ करोड ६५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आज सफाइ पाएका हुन्।

अख्तियारले उनीमाथि नक्कली मोही खडा गरी मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाएको आरोप लगाएको थियो।

विशेष अदालतले २३ दिन लगातार सुनुवाइ गरेर आज अन्तिम फैसला सुनाएको हो ।

प्रतिक्रिया