शनिबार, पुष २६, २०८२

धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ

मेरोन्यूज २०८० फागुन ४ गते १८:४८

धनगढी । कैलालीको धनगढीबाट लागूऔषध मुद्दाका फरार प्रतिबादी पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय गोरे भन्ने रबी शर्मालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो सोही स्थानबाट पक्राउ गरेको हो।

जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा ४ महिना १९ दिन कैद सजाय ठहर भएपछि उनी फरार रहेका थिए। 

प्रतिक्रिया