गर्भवतीको हेलिकप्टरबाट उद्धार
मेरोन्यूज
२०८० फागुन ४ गते २०:१८

म्याग्दी । म्याग्दीको विकट धवलागिरि गाउँपालिका–४ मुदीबगरकी एकजना गर्भवतीको आज हेलिकोप्टरमा उद्धार गरिएको छ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरि गाउँपालिकाको समन्वयमा बगरगाउँकी तुलसा बुढाथोकीलाई उद्धार गरिएको हो।
धवलागिरि गाउँपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अनिषा आचार्यले बिहीबार साँझ ६ बजेदेखि प्रसूति ब्यथाले लागेपछि पेटमा रहेको बच्चाको धड्कन पनि अनियमित भएकाले तत्काल ‘एयरलिफ्ट’ गरेर पोखरा लगिएको बताइन्।
‘पाठेघर खुल्न विलम्ब, रक्तचाप कम हुँदै गएको र बच्चाको धड्कन अनियमित भएको हुँदा हेलिकप्टरमा पोखरा पठाएका थियौं’, उनले भनिन्, ‘पोखराको गण्डकी अस्पतालमा अपराह्न बुढाथोकी सुरक्षितरूपमा सुत्केरी हुनुभएको छ।’
आमा र बच्चाको अवस्था खतरामुक्त रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै उनले बताइन्।
सम्बन्धित
















ग्रामीण भेगको प्रेमकथा ‘काजी’
जुम्लाको सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
प्रकृति टाढिँदा अस्तित्वको लडाइँमा लोपोन्मुख–सीमान्तकृत आदिवासी
रास्वपाद्वारा थवाङ जीप दुर्घटनामा परी ज्यान गुमाएका प्रति दुःख व्यक्त
भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
ओमानसँग नेपाल १०२ रनले पराजित
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
प्रतिक्रिया