‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आजदेखि : राष्ट्रपति पौडेलले गरे उद्घाटन

काठमाडौँ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ आजदेखि काठमाडौँमा सुरु भएको छ ।
नेपाल कलापरिषद् (नेपाल आर्ट काउन्सिल) बबरमहलमा आज आयोजित चित्रकला प्रदर्शनीको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका हुन् । प्रदर्शनीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दिगो पर्यटन विकासका लागि यसप्रकारको अन्तर्राष्ट्रिय प्रदर्शनीले टेवा पु¥याउने विश्वास व्यक्त गरे ।
“नेपाल प्रकृति र संस्कृतिमा धनी छ”, मन्त्री किरातीले भने, “ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले समग्र खोटाङ जिल्लाको मुलभूत प्राकृतिक र सांस्कृति सम्पदालाई चित्रकलामार्फत उतारेर खोटाङलाई नयाँ माध्यमबाट चिनाउन सफल भएको छ । यस कार्यले प्र्रकृति र संस्कृतिमा आधारित दिगो पर्यटन प्रवर्द्धनमा योगदान पु¥याएको छ ।”
‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ भन्ने मूल नाराका साथ सुरु भएको प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका दुई सय चित्रहरु राखिएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत खोटाङको समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने चित्र प्रदर्शनी गरिएको नगरपालिका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिए । पालिकाको भौगोलिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रदर्शनी गरिएको उनले बताए । “सामाजिक उत्थानका लागि यस प्रदर्शनीले सहयोग गर्ने विश्वास लिएका छौँ”, उनले भने् ।
प्रदर्शनीका अवसरमा सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो । प्रदर्शनी यही फागुन १७ गतेसम्म सञ्चालन हुने नगर उपप्रमुख विशन राईले जानकारी दिए । उनका अनुसार गत असोज १७ देखि २१ गतेसम्म १९ विदेशी र २४ स्वदेशी गरी ४३ जना चित्रकारको सहभागितामा जिल्लाका विभिन्न क्षेत्रको अवलोकन, भ्रमण गरी स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि एक सय नौ वटा जीवन्त चित्र कोरिएको थियो ।
जिल्लाका १० वटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र, स्थानीय रहनसहन र जीवनशैलीको प्रचारप्रसार गर्नु आवश्यक रहेकाले चित्रकलामार्फत उक्त काम थालिएको नगर उपप्रमुख राईले बताए । दैनिक एक हजार कला पारखीले चित्रकला प्रदर्शनीको अवलोकन गर्ने आयोजले जनाएको छ ।
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया