कुर्सी हल्लिने डर मानेको छैन : प्रधानमन्त्री प्रचण्ड

काठमााडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुर्सी हल्लिने डर नभएको बताएका छन्। प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए ।
‘मलाई कुर्सी हल्लिने डर छैन। मलाई अहिलेको प्रतिपक्षी लगायतले प्रधानमन्त्री बनाउनुभयो। मैले १५ हो कि २० दिन भन्ठानेको थिएँ। विश्वभरको अध्ययन पनि गरेको थिएँ,’ प्रचण्डले भने, ‘नजिकै भारतमा १३ दिनमा अटल बिहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ। यो सरकार जाला कि भन्ने डर विल्कुल छैन।’
प्रधानमन्त्री प्रचण्डले कुर्सी जाने डर मानेको भए छानबिन नै सुरु नहुने बताए ।
















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
National Assembly election report presented to President Paudel
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया