जनमतद्वारा मधेस प्रदेशसभा बैठक अवरुद्ध, बैठक १० मिनटेका लागि स्थगित

जनकपुर । जनमत पार्टीले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।
आइतबार प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले प्रदे सभाबाट विश्वासको मत लिने कार्यसुची रहेको थियो ।
बैठक प्रारम्भ भएपछि जनमत पार्टीका प्रदेश सभाका सदस्यहरुले उठेर विरोध जनाएका थिए ।
सप्रदेश सभा सदस्य चन्दन सिंहले मधेस प्रदेश को मन्त्री र प्रदेश सभाका सदस्यहरुमाथि कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठि चार्ज गरेको र त्यहा स्वंय मुख्यमन्त्री समेत उपस्थिति रहेको कारणले उनले माफि नमागे सम्म प्रदेश सभाको बैठक चल्न नदिने बताएपछि बैठक १० मिनटेको लागि स्थगित गरिएको छ ।
सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री विशवासको मतको क्रममा आफनो धारणा राख्ने नै भएपछि तत्काल बैठक सुचारु गर्न आग्रह गरेका थिए । तर जनमतका प्रदेश सभा सदस्यहरुले उठेर विरोध जनाएपछि बैठक स्थिगित गरिएको छ ।
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया