शुक्रबार, पुष २५, २०८२

नवलपुरमा ५ गिद्ध मृत फेला

मेरोन्यूज २०८० फागुन ७ गते २१:०८

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा आज पाँच गिद्ध (जटायु)मृत फेला परेका छन् ।

चार डङ्गर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन् र
जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार सोही स्थानमा एउटा सुन गिद्ध र ६ डङ्गर प्रजातिको गिद्ध बिरामी अवस्थामा फेला परेका छन् । गिद्ध मरेको स्थानमा दुई स्याल पनि मृत फेला परेकाले त्यही सिनो खाएर गिद्ध मरेको आशङ्का गरिएको छ ।

खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए । मरेका गिद्धको मङ्गलबार परीक्षण गरिने तथा बिरामी गिद्धको प्राथमिक उपचार गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

प्रतिक्रिया