प्रथम ओएसिस महिला गोल्डकपको उपाधि मानेभञ्ज्याङलाई

इलाम । इलाम सदरमुकाममा सञ्चालित प्रथम ओएसिस महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको दार्जिलिङस्थित मानेभञ्ज्याङ फुटबल क्लबले जितेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा इलामको दीपेन्द्रशिखर फुटबल क्लब ३–० गोलको फराकिलो अन्तरमा पराजित गर्दै मानेभञ्ज्याङले उपाधि चुमेको छ । मानेभञ्ज्याङलाई उपाधि जिताउन सिम्रन गुरुङ र सुस्मिता लेप्चाको योगदान रह्यो । खेलको नवौँ मिनेटमा नै मानेभञ्ज्याङकी सिम्रन गुरुङले पहिलो गोल गर्दै टोलीलाई अग्रतामा पु¥याएका थिए । २५औँ मिनेटमा सुस्मिता लेप्चाले गोल गर्दै अग्रता दोब्बर बनाए। ६७औँ मिनेटमा पुनः सिम्रन गुरुङले दोस्रो गोल गर्दै टोलीलाई ३–० को जितमा उपाधि दिलाए ।
सुरुदेखि विपक्षीको दबाबमा परेको दीपेन्द्रशिखरले रक्षात्मक खेल्न नसक्दा उपविजेतामा चित्त बुझाउँनु परेको थियो । उपाधि जितेको मानेभञ्ज्याङले नगद रु दुई लाखसहित ट्रफी हात पा¥यो । उपविजेता बनेको दीपेन्द्रशिखरले नगद रु एक लाखमा चित्त बुझायो । फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता मानेभञ्ज्याङकी सिम्रन गुरुङ घोषित भए । उनले नगद रु पाँच हजार प्राप्त गरे ।
प्रतियोगितामा मानेभञ्ज्याङका पाँच खेलाडीले उत्कृष्ट चार विधाकार पुरस्कार प्राप्त ग¥यो । उत्कृष्ट गोरक्षक विजेता मानेभञ्ज्याङकी ग्युमरी तामाङ, उत्कृष्ट फरवार्ड सिम्रन गुरुङ, उत्कृष्ट डिफेन्डर निमिता गुरुङ र सर्वोत्कृष्ट खेलाडी मरक घोषित हुँदै नगद रु पाँच हजार र ट्रफी पाए ।
त्यस्तै, उत्कृष्ट मिडफिल्डर सप्तरीको नमोबुद्ध युथ क्लबकी प्रतीक्षा राई र उदियमान खेलाडी आयोजक क्लब ओएसिसकी आयशा राई घोषित हुँदै नगद रु पाँच÷पाँच हजार र ट्रफी प्राप्त गरे । सर्वाधिक गोलकर्ता भने दुई खेलाडी घोषित भए । प्रतियोगिताभर तीन–तीन गोल गरेका र मानेभञ्ज्याङकी सिम्रन गुरुङ र झापाको विर्तामोड युनाइटेडकी समीक्षा मगर घोषित हुँदै नगद रु पाँच हजार र ट्रफी पाए ।
विजेता र उपविजेता टोली र खेलाडीलाई इलाम नगरपालिका प्रमुख केदार थापाले पुरस्कार वितरण गरे। क्लब ओएसिस इलामको आयोजनामा फागुन ३ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपाल र भारतका आठवटा महिला टोलीको सहभागिता रहेको थियो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया