सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको दाबी गरेको छ।
बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो। ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको पाइएको छ’, विज्ञप्तिमा भनिएको छ।
बैंकिङजस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुष्प्रचार गर्ने कार्यको पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रुपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
राष्ट्र बैंकको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति तथा समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्र बैंकले जनाएको छ। ‘बैंकिङ क्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड हो’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पुरÞ्याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न राष्ट्र बैंकलाई कानुनले स्पष्ट जिम्मेवारी दिएको छ।’
सोहीबमोजिम बैंक तथा वित्तीय संस्थाहरु अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त तथा असल अभ्यासहरुसमेतका आधारमा राष्ट्र बैंकले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा राष्ट्र बैंकबाट नियमित रुपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया