रुस–युक्रेन युद्धमा नेपाली युवकको निधन, कुशको शव बनाएर अन्त्येष्टि

गण्डकी । रुसी फौजमा कार्यरत बागलुङको ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको छ । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उहाँका साढुभाइ सनबहादुर विकले जानकारी दिए।
गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उनको भनाइ छ । पर्यटक भिसामा गत असोज ११ गते रुस पुगेका विकपछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताए । “रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो, मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ”, उनले भने, “थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दैछौँ ।”
मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिए । ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहेका विकका भाइको फोनमार्फत् घरमा मृत्युको खबर आएको बताए ।
“रुसी सेनामा भर्ना भएको तस्वीर उनले नै सार्वजनिक गरेका थिए, परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताउनुभएको रहेछ”, वडाध्यक्ष घर्तीले भने, “उहाँको निधनको खबरले गाउँमा शोक छाएको छ, परिवारको बिचल्ली भएको छ ।”
विक यसअघि गाउँमै गाडी चालक रहेको उनका साढुभाइ सनबहादुरले बताए । वैदेशिक रोजगारीका लागि केही वर्षअघि विक साउदी र कतारमा पनि पुगेका थिए । विकका श्रीमती, दुई छोरी र एक छोरा छन् ।
















परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया