शनिबार, पुष १९, २०८२

१ किलो सुनसहित विमानस्थलबाट १ जना पक्राउ

मेरोन्यूज २०८० फागुन १० गते २०:३६

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ ।

विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा बरामद गरिएको हो ।

सुनसहित भारतीय नागरिक मोहमद जेसन पक्राउ परेका छन् । दोहाबाट मुम्बई हुँदै उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ ओर्लिएका थिए ।

भन्सार जाँच पार गरिसकेको अवस्थामा सुनसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया