बाँकेको कोहलपुरमा देखियाे किशोरीमा रक्तअल्पताको समस्या

खजुरा (बाँके) । बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ । त्यस क्षेत्रका दुई विद्यालयका पाँच सय तीनजना किशोरीको रक्त परीक्षण गरिएकामा तीनजनाको शरीरमा निकै कम मात्रामा रगत देखिएको पाइएको कोहलपुर नगर अस्पतालका प्रयोगशाला प्रमुख दीपक शर्माले बताए ।
उनका अनुसार उनीहरुमा रगत अभाव देखिएपछि तत्काल उपचार प्रक्रियामा लगिएको छ । स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सामुदायिक विद्यालयमा किशोरीको रक्तअल्पता परीक्षण कार्यक्रममा परीक्षण गरिएकामध्ये किशोरीको शरीरमा रगतको मात्रा कम देखिएको हो ।
कोहलपुर नगरपालिका–१ को कृष्ण मावि कौशिल्यानगरमा दुई सय ३५ किशोरीको परीक्षण गर्दा एकजना र वडा नं १२ स्थित ज्ञानज्योति माविका दुई सय ६८ जना किशोरीको जाँच गर्दा दुईजनामा रक्तअल्पता देखिएको हो ।
रक्तअल्पता देखिएका किशोरीलाई पनि आइरन चक्की खुवाउन सुभाव दिइएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन देवनारायण उपाध्यायले बताए । रक्तअल्पता भनेको शरीरमा रगतको कमी हुनु हो । शरीरमा भएको रगतमा सामान्यभन्दा पनि थोरै राता रक्तकोष भएमा रक्तअल्पता हुन्छ । रक्तअल्पता भयो भने शरीरिक र मानसिक विकासमा बाधा पुग्दछ र रक्तअल्पता भइरह्यो भने मृत्यु पनि हुन सक्ने जोखिम रहने चिकित्सक बताउँछन् ।
थकाइ लाग्नु तथा अल्छी हुनु, काम गर्न, पढ्न र खेल्न मन नलाग्नु, नङ, हत्केला, ओँठ, जिब्रो र आँखाको परेलामुनिको भाग सेतो फुस्रो देखिनु, पढेको कुरा नबुझ्नु र स्मरण शक्ति कम हुनु, अलि काम गर्दा पनि स्वाँ–स्वाँ हुनु, मुटु ढुकढुक हुनु, कहिलेकाहीँ रिङ्गटा लाग्नु, मुर्छा पर्नुलगायत लक्षण देखिए रक्तअल्पता भएको हुन सक्ने वरिष्ठ फिजिसियन कन्सलटेन्ड डा प्रकाश नागले बताए ।
उनका अनुसार दैनिक खानामा हरियो सागपात, तरकारी र कलेजोजस्ता फलाम पाइने खाद्यवस्तु समावेश नहुनु वा नखानु, अमला, कागती, भोगटे, सुन्तलाजस्ता भिटामिन ‘सी’ भएका खानाहरू र अन्य अमिला फलपूmलहरू कम खानु, खानेकुराको साथमा चिया, कफी, सुर्तीजन्य पदार्थ, जाँडरक्सी बढी खाएर शरीरमा फलाम तत्वको राम्रो शोषण हुन नसक्नु यसका कारण हुन् ।

















सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा
रास्वपाको चुनावी वाचापत्र सार्वजनिक
रासस इतिहासको साक्षी मात्र होइन, अभिलेखकर्ता पनि होः महाप्रबन्धक राई
५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउँछौं : गगन थापा
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
प्रतिक्रिया