माओवादीका माधव सापकोटालाई बोलीमा लगाम लगाउन राप्रपा प्रवक्ता श्रेष्ठको सुझाव

काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले माओवादी केन्द्रका सांसद माधव सापकोटालाई बोलीमा लगाम लगाउन सुझाव दिएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ माओवादी केन्द्रका सांसद सापकोटाले संविधान र व्यवस्थाविरुद्ध बोल्न नपाइने बताएपछि राप्रपा प्रवक्ता श्रेष्ठले बोलीमा लगाम लगाउन सुझाव दिएका हुन् ।
आइतबारको बैठकमा राप्रपालाई इंगित गर्दै माओवादी केन्द्रका सांसद सापकोटाले भनेका थिए, ‘यही संविधानले दिएको लोगो र यसले परिकल्पना गरेको चुनावमा भाग लिएर सांसद हुने । लोगो लगाएर सारा सेवा भोग गर्ने, पाइहाले मन्त्री पनि पड्काउने । प्रदेशतिर गएर सभामुख पनि लिने, तर फेरि यो संविधानलाई विरोध गर्ने ? संविधान र व्यवस्थाको विकल्प किमार्थ राजा र राजतन्त्रवादी हुन सक्दैन ।’
सांसद सापकोटाको सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राप्रपा प्रवक्ता श्रेष्ठले राप्रपाले संविधानका आधारभूत विषयमाथि विमती राखेको जानकारी गराउँदै शान्तिपूर्ण ढंगबाट आफ्नो मान्यता स्थापित गर्ने अधिकार संविधानले सबैलाई प्रदान गरेको बताए ।
‘हेलो माननीय माधव सापकोटाजी, बोलीमा लगाम लगाउनुपरÞ्यो । दुनियालाई थाहा भएको तर तपाईलाइ थाहा छैन कि क्या हो ! राप्रपा वर्तमान संविधानका प्रति आलोचनात्मक दृष्टिकोण राख्छ, संविधानका आधारभूत विषयमाथि हाम्रो बिमती छ। जनसमर्थनका आधारमा शान्तिपूर्ण ढंगबाट आफ्नो मान्यता स्थापित गर्न सकिन्छ भनेर घोषित रुपमै प्रयासरत पनि छौं। जुन अधिकार संविधानले हामीलाई मात्र होइन सबैलाई प्रदान गरेको पनि छ। आवश्यकता अनुसार कुन रणनीति प्रयोग गर्ने हाम्रो आन्तरिक मामिला हो । सडक, संसद र सरकार हामी हाम्रो आवश्यकता अनुसार उपयोग गर्छौं। बोल्दा मर्यादा राख्नोस्,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया