खेल क्षेत्रको विकासमा सरकार गम्भीर बन्नुपर्छ : पुष्पकुमार शाही

काठमाडौं। नेपाली कांग्रेसका नेता पुष्पकुमार शाहीले खेलकुदको विकासमा सरकार दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन्। दुई दिनसम्म लाखे पोखरी बौद्धमा चलेको नेपाल टाइगर्सद्वारा फागुन ११ र १२ मा आयोजित इन्टर स्कुल तेक्वान्दो च्याम्पियन प्रतियोगिताका प्रमुख अतिथि शाहीले खेलाडी देशको गौरव भएकाले उनीहरूको क्षमता वृद्धिमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन्।
कांग्रेस महासमिति सदस्यसमेत रहेका शाहीले खेलका माध्यमबाट खेलाडीले देशको गरिमा बढाउने भएकाले उनीहरूको क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए।
‘खेलकुदले शारीरिक र मानसिक रूपमा स्वस्थ राख्छ। खेलाडी यो देशका गौरवहुन्। खेलाडीको संरक्षण गर्नु सबैको दायित्व हो। सरकार खेलकुदको विकासमा दत्तचित्त भएर लाग्नुपर्छ। निजी क्षेत्रले पनि सहकार्य गर्नुपर्छ,’ उनले भने। शाहीले खेलाडीहरूलाई निरन्तरता दिन शुभकामना दिएका थिए।
विद्यालयबाट नै खेलमा निरन्तरता दिन सक्दा भविष्यमा सफलता हासिल गर्न सकिने उनको भनाइ थियो। समारोहबीच शाहीले उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार पनि प्रदान गरेका थिए।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया