पूर्वराष्ट्रपति यादव र पूर्वमन्त्री उपाध्याय महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कारबाट सम्मानित

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान–२०८०’ पूर्वराष्ट्रपति डा रामवरण यादवलाई प्रदान गरेका छन्।
वर्तमान संविधान निर्माण क्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधान सभाबाट जनताले बनाएको संविधान जारी गर्न महत्वपूर्ण योगदान पुर्याएबापत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गरिएको हो।
महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा आइतबार राष्ट्रपति भवनमा आयोजित १०३औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गरे।
राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९, लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० समाजसेवी दुर्गा घिमिरे तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९ सङ्गीत साधक सरिता मिश्रलाई प्रदान गरे।
त्यस अवसरमा राष्ट्रपति पौडेलले देश, जनता र समाजलाई केन्द्रमा राखेर राजनीति गर्नुभएका नेता निधिले गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको उत्थानमा ध्यान दिएको स्मरण गरे।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेका कामप्रति हाम्रो ध्यान अझै जान नसक्दा कतै जनतामा निराशा छाएको हो कि भनेर चिन्ता प्रकट भइरहेको राष्ट्रपतिले उल्लेख गरे।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया