गैर आवासीय नेपाली संघ केन्याको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । गैर आवासीय नेपाली संघ केन्याको आयोजनामा रक्त दान कार्यक्रम सम्पन्न भएको छ ।
आज एक समारोहकाबीच गैर आवसिय नेपाली संघ केन्याका अध्यक्ष शिव अधिकारीको नेतृत्वमा संघ र द नैरोबी वेस्ट होस्पिटलकाे सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष शिव अधिकारीसँगै संस्थापक अध्यक्ष कुल बहादुर कार्की, पुर्व केन्द्रिय सदस्य यादव काफ्ले ,पुर्व अध्यक्ष कृष्ण दत्त भट्ट, वर्तमान उपाध्यक्ष भरत रेग्मी (यज्ञमणि) सहकोषाध्यक्ष कमल अधिकारी, महिला सम्योजक कल्याणि काफ्ले, युवा सम्योजक किसन राउतको उपस्थिति रहेको थियो। यस्तै तुलशा अधिकारी, साक्षी अधिकारी, सुरज पाठ्क, बिष्णु भुसाल, राजेन्द्र विस्वकर्मा श्याम डुम्रे (शर्मा), राजन अधिकारी, गौरब शर्मा पनि उपस्थित थिए ।
संघको तर्फबाट रक्तदान आयोजना गरिएको याे दोस्रो पटक हो। यो भन्दा पहिले प्रथम पटक MP Shah होस्पिटल मा सम्पन्न गरेको थियो।
कार्यक्रममा अध्यक्ष अधिकारीले रक्तदान गर्ने सम्पूर्ण सहयोगीमा धन्यवाद तथा आभार व्यक्त गरे । उपाध्यक्ष रेग्मीले संघको तर्फबाट आगामी दिनहरुमा अर्को चरणको कार्यक्रम अन्य अस्पतालको सहयोग र सहकार्यमा हुने जानकारी गराए ।
कार्यक्रममा शिव अधिकरी, भरत रेग्मी, राजन अधिकारी, क्ववमर हुसैन, महम्मद अजिम, कमल अधिकारी, श्यामु डुम्रे, राजेन्द्र बिस्वकर्मा सुरज पाठक विष्णु भुसाल गौरब शर्मा लगायतले रक्तदान गरेका थिए भने कुल बहादुर कार्की, यादब काफ्ले, कृष्ण दत भट्ट, कल्याणि काफ्ले, शाक्क्षी अधिकारी, किसन राउत र तुलसा अधिकारी स्वयंसेवक रहेका थिए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
आजदेखि देशभर आर्थिक गणना हुँदै
प्रतिक्रिया