गैर आवासीय नेपाली संघ केन्याको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । गैर आवासीय नेपाली संघ केन्याको आयोजनामा रक्त दान कार्यक्रम सम्पन्न भएको छ ।
आज एक समारोहकाबीच गैर आवसिय नेपाली संघ केन्याका अध्यक्ष शिव अधिकारीको नेतृत्वमा संघ र द नैरोबी वेस्ट होस्पिटलकाे सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष शिव अधिकारीसँगै संस्थापक अध्यक्ष कुल बहादुर कार्की, पुर्व केन्द्रिय सदस्य यादव काफ्ले ,पुर्व अध्यक्ष कृष्ण दत्त भट्ट, वर्तमान उपाध्यक्ष भरत रेग्मी (यज्ञमणि) सहकोषाध्यक्ष कमल अधिकारी, महिला सम्योजक कल्याणि काफ्ले, युवा सम्योजक किसन राउतको उपस्थिति रहेको थियो। यस्तै तुलशा अधिकारी, साक्षी अधिकारी, सुरज पाठ्क, बिष्णु भुसाल, राजेन्द्र विस्वकर्मा श्याम डुम्रे (शर्मा), राजन अधिकारी, गौरब शर्मा पनि उपस्थित थिए ।
संघको तर्फबाट रक्तदान आयोजना गरिएको याे दोस्रो पटक हो। यो भन्दा पहिले प्रथम पटक MP Shah होस्पिटल मा सम्पन्न गरेको थियो।
कार्यक्रममा अध्यक्ष अधिकारीले रक्तदान गर्ने सम्पूर्ण सहयोगीमा धन्यवाद तथा आभार व्यक्त गरे । उपाध्यक्ष रेग्मीले संघको तर्फबाट आगामी दिनहरुमा अर्को चरणको कार्यक्रम अन्य अस्पतालको सहयोग र सहकार्यमा हुने जानकारी गराए ।
कार्यक्रममा शिव अधिकरी, भरत रेग्मी, राजन अधिकारी, क्ववमर हुसैन, महम्मद अजिम, कमल अधिकारी, श्यामु डुम्रे, राजेन्द्र बिस्वकर्मा सुरज पाठक विष्णु भुसाल गौरब शर्मा लगायतले रक्तदान गरेका थिए भने कुल बहादुर कार्की, यादब काफ्ले, कृष्ण दत भट्ट, कल्याणि काफ्ले, शाक्क्षी अधिकारी, किसन राउत र तुलसा अधिकारी स्वयंसेवक रहेका थिए ।










काष्ठकलामा सिपालु भीमबहादुर
आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण : शतबीज छर्न आउने भक्तजनलाई समस्या
आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया