सगरमाथा अस्पताल रौतहटबाट ३ नक्कली डाक्टर पक्राउ

रौतहट। रौतहटको गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत शुकदेव चौकस्थित एक निजी अस्पतालबाट ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन ।
यमुनामाई गाउपालिका १ सुकदेव चौकमा स्थित सगरमाथा तराई हस्पिटल प्रा।लिमा कार्यरत ३ जना नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका हुन ।
पक्राउ पर्नेहरुमा भारतको बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना ढाका वडा नं १४ खैरवा बस्ने ४५ को हसिंन अख्तर, भारत बिहार राज्य जिल्ला पुर्वी चम्पारण थाना सिकारगंज वडा नं ३ वटोआ बस्ने २७ को मो. तबरेज आलम र यमुनामाई गापा वडा नं. २ भेडियाहीटोल बस्ने २७ को कलाम मन्सुरी रहेको प्रहरीले जनाएको छ ।
निर्धारित शैक्षिक योग्यता प्राप्त नगरेका र ईलाज गर्ने अनुमतिपत्र प्राप्त नगरेका व्यक्तिहरुलाई राखी विरामीहरुको एपेन्डिस, पायल्स, युट्रेस लगाएतका अपरेसन हुदै आएको सुचनाको आधारमा ती नक्कली डाक्टर पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन ।
उनीहरुलाइ गत फागुण १ गते जिल्ला प्रशासन कार्यालय रौतहट तथा जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दा पक्राउ गरेको एसपी श्रेष्ठले बताएका छन।
उनीहरुसँग बिरामीहरुको उपचार गर्न पाउने ईजाजत पत्र माँग गर्दा निजहरुसंग उपचार गर्नको लागि चाहिने निर्धारित शैक्षिक योग्यताको प्रमाण प्रत्र नभएको कारण निजहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ईलाज सम्बन्धी कसूरमा मुद्दा दर्ता समेत गरेको एसपी श्रेष्ठले जानकारी दिएका छन।
अस्पताल सञ्चालनमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास गर्ने कार्य भईरहेको उनले जानकारी दिएका छन । पछिल्लो समय रौतहटमा बिना दर्ता ब्यापक रुपमा निजी अस्पताल सञ्चालन भइरहेको पाइएको छ । नियमनकारी निकायले जिल्लामा संचालित त्यस्ता अस्पतालहरुको अनुगमन नगर्दा सैयौं नागरिकहरुले अकालमा ज्यान गुमाउनु परिरहेको स्थानीयहरूले बताएका छन। रौतहट स्थित सञ्चालित निजि स्वास्थ्य संस्थाहरुको अबिलम्ब अनुगमन गर्न जिल्लाबासीले माग गरेका छन्।
















इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई
पूर्वमन्त्री दीपक खड्का पक्राउको यस्तो छ कारण
मकवानपुरमा महिलाका नाममा उद्योग दर्ता बढ्यो
Pedestrian dies in road accident
जुम्ला-रारा अल्ट्रा म्याराथनको सातौँ संस्करण वैशाखमा
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
शपथलगत्तै एमाले सांसदहरूलाई च्यासल आउन निर्देशन
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
दलको नेता बन्ने प्रस्ताव आए खुट्टा कमाउँदिनँ : सुहाङ नेम्वाङ
प्रतिक्रिया