अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

काठमाडौं । मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन् । नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन् ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नुवाकोट र पर्सा पूर्ण खोप घोषणाको तयारीमा रहेको बताए ।
पूर्ण खोप घोषणका लागि दुई वर्षमुनिका बालबालिकाले शत्प्रतिशत खोप लगाएको हुनुपर्छ । ती पाँच जिल्लाका १६ स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न बाँकी छ ।
यसैगरी, नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार चार प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित छन् । नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण, २०१६ अनुसार एक प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित हुन परेको थियो । कोरोना महामारीका कारण बालबालिका खोप लगाउन छुटेका प्रमुख डा. गौतमले बताए ।
“पूर्ण खोप नलगाएसम्म बालबालिका सुरक्षित हुँदैनन्,” उनले भने, “विभिन्न रोगबाट बचाउनका लागि बालबालिकालाई सरकारले दिने निःशुल्क खोप लगाउनुपर्दछ ।”
सरकारले नौ रोगका लागि १३ प्रकारका खोप बालबालिकालाई निःशुल्क उपलब्ध गराउँछ । सरकारले खोप लगाउन छुटेका बालबालिकालाई प्रत्येक वर्ष वैशाख महिनामा खोप महिनाका रूपमा मनाउँदै आएको छ । उक्त समयमा देशभरि नै खोज र खोप अभियान सञ्चालन गरी नियमित खोप छुट भएका बालबालिकालाई छुट खोप दिइँदै आएको प्रमुख डा. गौतमले बताए ।
गत वैशाखमा पाँच वर्षमुनिका ४० हजार चार सय ६३ बालबालिकालाई छुटेको खोप दिन सफल भएको उनको भनाइ छ ।
सरकारले पूर्ण खोपका सुनिश्चिताका लागि तथा दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यानमा राखेर दादुरा–रुबेला खोपसँगै हेपाटाइटिस बी, धनुष्टङ्कार, इन्फ्लुयन्जा, लहरेखोकी, भ्यागुते रोग, निमोनिया र पोलियोविरुद्ध खोपसमेत सञ्चालन गरेको छ ।

















टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
फागुन ७ स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन : ओली
भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
यस्तो छ गगन थापाले आईटी क्षेत्रमा गर्न चाहेको ‘भिजन’
प्रतिक्रिया