बारा विस्फोट अपडेट : मृतक संख्या २ पुग्यो, घाइते ४ जनाको उपचार हुँदै

बारा । बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना) मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ। विस्फोटमा घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
निजगढ नगरपालिका–९ का कवाडी सञ्चालक राज जैसवालले ‘प्रोजोक्टाइल’जस्तै देखिने वस्तुमा भएको तामा निकाल्न ल्याएको र सो क्रममा उक्त वस्तु विस्फोट भएको प्रहरीको भनाइ छ। जैसवालले सुरुमा कवाडीमै तामा निकाल्न प्रयास गरे पनि नसकेपछि ग्यारेजको लेथमा ल्याएका थिए।
लेथले काट्ने प्रयास गर्दा उक्त वस्तु विस्फोट भएको हो। प्रोजोक्टाइल मिसाइलमा प्रयोग हुन्छ। यो नेपालमा नपाइने प्रहरीले जनाएको छ। सो वस्तुमा इन्डीयन फिल्ड गन १०५ एमएममा प्रयोग हुनेजस्तो देखिएको प्रहरीको भनाइ छ। विस्फोटपछि कवाडी सञ्चालक जैसवाल र उनकी श्रीमती सुसिलादेवी जैसवाल एम्बुलेन्समार्फत भारततर्फ जादै गर्दा प्रहरीले पक्राउ गरेको छ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको शरीरको भाग क्षत्विक्षत् भएको छ भने पूर्णरूपमा जलेको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते हुनेमा भारत घर भएका २० वर्षीय अरविन साह, ठेगाना नखुलेका २० वर्षीय रितु रजत, पर्सा वीरगन्ज घर भएका ३४ वर्षीय फिरोद देवान र निजगढ नगरपालिका–५ का ४५ वर्षीय सूर्यबहादुर थापा रहेका छन्। घाइतेमध्ये देवान र थापाको अवस्था सामान्य छ।
विस्फोट भएको उक्त वस्तु हेर्दा बमजस्तै देखिन्छ यो प्रोजोक्टाइल हो वा अन्य विस्फोटक भन्ने परीक्षणपछि मात्र बताउन मिल्ने बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए। उनले भने, ‘लेथमा फलाम काट्ने क्रममा विस्फोट भएको भन्ने प्रारम्भिक जानकारी आएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।’
विस्फोटक वस्तु निकै शक्तिशाली रहेको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए। उनले भने, ‘खुला स्थान विस्फोट भएकाले कम क्षति भएको देखिन्छ, बन्द स्थान वा भवनमा भएको भए निकै ठूलो क्षति हुने देखिन्छ।’
विस्फोटबाट कारखानानजिकका घरहरूमा समेत क्षति पुगेको छ। घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय निजगढ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ। प्रहरीले उक्त क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
निर्वाचनका २१ दिन बाँकीः यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री
प्रतिक्रिया