छोरा भेट्न नदिएकाे भन्दै भारती मानन्धरले गरिन् विष सेवन
मेरोन्यूज
२०८० फागुन १५ गते २०:२७

काठमाडौँ । नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् ।
नेपालगन्जस्थित एक विद्यालयमा अध्ययरत छोरालाई भेट्न उनी मंगलबार बिहान खाजासमेत लिएर पुगेकी थिइन्।
तर, परिवारले भेट्न अनुमति नदिएको र भारतीले दिएको खाजासमेत छोरालाई दिन नमिल्ने जवाफ विद्यालयले दिए पछि तनावमा परेकी मानन्धरले विष पिएकाे खुलेकाे छ । विष पिएपछि अचेत बनेकी उनको अहिले भेरी अस्पतालमा उपचार भइरहेको छ।
उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । उनले किन विष सेवन गरेकी हुन् थाहा हुन नसकेको र त्यस विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
प्रतिक्रिया