बुधबार, वैशाख ९, २०८३

राष्ट्रियसभामा छ वर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव प्रस्तुत

मेरोन्यूज २०८० फागुन १७ गते ११:५९

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा छवर्षे पदावधि पूरा गरी बिदाई हुन लागेका सांसदले आफ्नो अनुभव राखिरहेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएका थिए ।

Advertisement
NiccNicc

सभामा आफ्नो कार्यकाल पूरा गर्न लाग्नुभएका सदस्यले छ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराइएको थियो । संवैधानिक व्यवस्थाअनुसार छवर्षे पदावधि पूरा गरी राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदाई हुँदैछन् ।

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासहित सांसद अनिता देवकोटा, इन्दु कडरिया, कुमार दसौदी, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चपाईं, नरपति लुहार, प्रकाश पन्थ, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजङ्ग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा बिमला राई पौड्याल, सिंगबहादुर विश्वकर्मा र हरिराम चौधरीको पदावधि सकिन लागेको हो ।

प्रतिक्रिया