रुस-युक्रेन युद्धमा फसेका नेपालीलाई बचाउन माग गर्दै राप्रपाले दर्ता गरायो प्रस्ताव

काठमाडौं। प्रतिपक्षी दल राप्रपाले संसदमा जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको छ । रसिया–युक्रेनको युद्धमा फसेका नेपालीलाई बचाउन माग गर्दै बिहीबार राप्रपाले जरुरी सार्वजनिक प्रस्ताव दर्ता गरेको हो ।
संघीय संसद् सचिवालयको कार्यव्यवस्था परामर्श समितिमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा उल्लेख गरिएको छ, ‘नेपाली आमाका हजारौं राष्ट्र सपुतहरु विना कारण सीमित आर्थिक प्रलोभनमा परी रसिया र युक्रेन बीचको युद्धमा सहभागी गराइएको अन्तराष्ट्रिय जगतमै जघन्य अपराध ठानिने मानव तस्करी गरी युद्ध स्थलमा लगी सयौं घाइते र कयौंको मृत्यु भएको हुँदा यो नेपालको सार्वभौम प्रतिनिधि सभा, यस्तो जघन्य अपराधको विषयमा छलफल गर्नुपर्ने र सम्बन्धित मन्त्रालय र सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने अत्यन्त आवश्यक भएको हुँदा नेपाली आमाका छोराछोरीलाई ज्यान बचाउनको लागि जरुरी सार्वजनिक प्रस्ताव पेश गर्दछु ।’
प्रस्तावमा छलफल गर्नुपर्नाको कारण ‘हजारौं नेपाली आमाका सन्तानहरु विना कारण आज रसिया र युक्रेन बीचको युद्धमा मृत्यु हुनु परेको र युद्धमा फसेकाले तत्काल उद्धार गरिदिनु हुँन अत्यावश्यक भएकोले’ उल्लेख गरिएको छ ।
प्रस्तावकमा प्रमुख सचेतक ज्ञानबहादुर शाही छन् भने समर्थकमा विना लामा, अनिशा नेपाली र वीना जैसवाल रहेका छन् ।
















गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
प्रतिक्रिया