त्रिभुवन आर्मी पाँचथर गोल्डकपको फाइनलमा

पाँचथर । त्रिभुवन आर्मी फुटवल क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न सेमिफाइनलमा आर्मीले झापा–११ फुटवल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेको हो ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा आर्मिका लागि तीन खेलाडीले गोल गरेका थिए भने झापा–११ का कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । आर्मीका सन्तोष केसी, दीपकुमार लामा र मानबहादुर आले मगरले गोल गरेका थिए । झापा–११ का पेमा लामा, विशाल तामाङ र रोजिन माझी गोल गर्न चुके ।
यसअघि खेलको ४३औँ मिनेटमा आर्मीका लागि दीपकुमार लामाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५९औँ मिनेटमा झापा–११ का लागि प्रदीप बुढाथोकीले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । आजको खेलमा रेफ्री श्याम दनुवारले चार वटा पहेँलो कार्डको प्रयोग गरेका थिए ।
आजको खेलको उत्कृष्ट खेलाडी ९म्यान अफ दी म्याच० आर्मीका दीपकुमार लामा घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे । आजको खेलमा उत्कृष्ट ढङ्गले समर्थन जनाउने फिदिम नगरपालिका–७ का निश्चल बाँस्कोटालाई ‘फ्यान अफ दी म्याच’ घोषित गरी रु दुई हजार ५०० पुरस्कार प्रदान गरियो ।
शनिबार फाइनलमा आयोजक पाँचथर क्लब र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले रु पाँच लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख ५५ हजार पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिने आयोजक पाँचथर क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिए ।
















दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
मनास्लु र बाल व्यवसायी फाइनलमा
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया