काठमाडौँमा महानगरकाे आतंक मच्चियो : प्रभु साह

काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले अहिले काठमाडौंमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले यस्तो बताएका हुन् । उनले भने,‘काठमाडौंमा महानगरको आतंक चलेको छ । सडकमै स्वरोजगार मजदुरहरु कुटिन्छन् । कवाड व्यवसायीहरुको डोजर चलाइएको छ । कतै सुकुम्बासीहरुलाई आतंकित बनाईएको छ । महानगरपालिकामाथि कानून लाग्छ कि लाग्दैन् ? यदि लाग्छ भने सरकारले महानगरपालिकालाई नियमन गरोस भनेर म आग्रह गर्न चाहन्छु । अहिले कवाड व्यवसायीहरु महानगरबाट आतंकित छन् । उनीहरु असुरक्षित छन् । उनीहरु त्रसित छन् । हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होईन?’
उनले कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभुति गर्नको लागि गृहमन्त्रालयको ध्यानाकार्षण गराए । कसैलाई पनि गैरकानूनी ढंगले आफ्नो पेशा तथा व्यवसायबाट बञ्चित गर्न नमिल्ने उनको तर्क छ । उनले थपे–‘आज काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरुलाई मनोमानी ढंगले आतंक सिर्जना गरेर दुःख दिने काम गरेको छ । जबरजस्ती भगाउने काम भएको छ । लाखौंलाई बेरोजगार बनाउने प्रयास भएको छ ।’
















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया