बुधबार, वैशाख १६, २०८३

शालिनको हत्याविरुद्ध नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन

मेरोन्यूज २०८० फागुन १८ गते २१:५३

काठमाडौं । चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ। 

Advertisement
NiccNicc

संसद भवन अगाडि बानेश्वरमा उनीहरूले दोषीलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा नेपाल प्रहरीले केही विद्यार्थी नेताहरुलाई पक्राउ समेत गरेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी दिए।

उनका अनुसार कैलालीका वासुदेव न्यौपाने, भक्तपुरका विवेक लामिछाने, सोलुखुम्बुकी पूजा फुयाल, भक्तपुर बहुमुखी क्याम्पसका सुदीप ढुङ्गाना, मोहन कालाथोकी, पोखरा विश्वविद्यालयका सन्तोष आचार्य, मोहम्मद अफ्ताफ नेपालीलगायतलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई तत्काल रिहा गर्न नेविसंघले माग गरेको छ।

शालिनका हत्यारा र बलात्कारीलाई तत्काल पक्राउ गरी कारबाही नगर्दासम्म नेविसंघले आन्दोलन थप चर्को बनाउँदै लैजाने नेवि संघका अर्का नेता सुभाष पौडेलले जानकारी दिए। नेविसंघले देशभरि नै प्रदर्शन गर्ने तयारी गरेको समेत उनको भनाइ छ। 

चितवनको रत्नगरमा रहेको एकता शिशु निकेतनमा अध्ययनरत १३ वर्षीया छात्रा शालिन पोखरेलको बलात्कारपछि हत्या गरिएको उनका आफन्तले दाबी गरेका छन्। घटनालाई दबाउने प्रयास नगर्न र पीडितलाई न्याय दिन नेविसंघले माग गरेको छ।

प्रतिक्रिया