गठबन्धन पाँच वर्षसम्म टिक्छ : परराष्ट्रमन्त्री साउद

भैरहवा । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले यो गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति, क्षेत्र नं ३ रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र रक्षाका लागि गठबन्धनको आवश्यकता औंल्याए ।
“जनताबाट अनुमोदित गठबन्धन भएकाले मन्त्रीको हेरफेर हुनसक्छ, उचित सहमतिका आधारमा प्रधानमन्त्रीको हेरफेर हुनसक्छ, तर गठबन्धन पाँच वर्षका लागि चलाउनुपर्छ”, मन्त्री साउदले भने, “प्रजातन्त्र रक्षाका लागि, पार्टी र राष्ट्रका लागि, राष्ट्रमा स्थिरताका लागि यो आवश्यक र उपयुक्त छ ।”
फरक प्रसङ्गमा मन्त्री साउदले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले भारतबाट हुनसक्ने सहयोगका लागि विभिन्न भ्रमणका बेला गम्भीररुपमा कुरा राखेको बताए । उनले विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालन गर्नका लागि यसको मोडलका बारेमा चर्चा भइरहेको जानकारी दिए ।
मन्त्री साउदले सिमराको रुट अत्यन्त व्यस्त भएकाले भारतसँग थप रुटको विषयमा कुरा भइरहेको बताए । साना विमानका लागि रुट पाइए पनि बोइङलगायत रुटका लागि सरकार लागिपरेको उनले स्पष्ट पारे ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
प्रतिक्रिया