पाटन नमुना युवा नगरसभाकाे मेयरमा सञ्जु भण्डारी

बैतडी । बैतडीको पाटनमा प्रथम नगरस्तरीय नमुना युवा नगरसभा प्रशिक्षण तथा अभ्यास कार्यक्रममा नमुना मेयर–उपमेयर छनोट गरिएको छ ।
बुधबार देखी सुरु भएको प्रशिक्षण कार्यक्रममा सहभागीहरु मध्ये निर्वाचनका माध्यमबाट नमुना नगर प्रमुख र उपप्रमुख छनोट गरिएको हो ।
नमुना नगर सभा संञ्चालनका लागी २५ जना मतदाताले मतदान गरेका थिए । जसमध्य १६ मत प्राप्त गरेर सञ्जु भण्डारी मेयर र ११ मत प्राप्त गरेर निर्मला बिष्ट उपमेयर भएकी छन् । साथै आवश्यक पर्ने सदस्यहरु समेत छनोट गरिएको छ ।
४ दिन सम्म चल्ने उक्त कार्यक्रममा शुक्रबार बजेट निमार्ण प्रक्रिया लगायतका बिषयमा समितिहरुमा छलफल हुने छ भने शनिबार नगर सभा आयोजना गरिने भएको छ । जसमा पाटन नगरपालिका नगर प्रमुख तथा उपप्रमुखलाई निमन्त्रणा गरिएको छ ।
युवाहरूको क्षमता अभिवृद्धि गरि स्थानीय सरकार संचालनका बारेमा हुने अभ्यास तथा प्रक्रियाका बारेमा युवाहरूमा प्रशिक्षण प्रदान गरिने आयोजक बैतडी युवा समाजका महासचीव भट्टले जानकारी दिए ।
प्रशिक्षण तथा अयभ्यास कार्यक्रममा प्रमुख प्रशिक्षक भरत मल्ल, बैतडी युवा समाजका अध्यक्ष तथा प्रशिक्षक खेमराज अवस्थीले १० वटै वडाबाट सहभागि युवा प्रतिनिधिहरुलाई स्थानीय सरकारमा नगर कार्यपालिका, नगर सभा, बजेट निर्माण तथा कार्यान्वयनका प्रक्रियाका बारेमा जानकारी तथा प्रशिक्षण प्रदान गरिरहेका छन् ।

















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया