बिहीबार, वैशाख ३, २०८३

जसपाका मन्त्रीहरूको शपथ आज

मेरोन्यूज २०८० फागुन २७ गते ९:२०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्यमन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ ।

अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् । शपथको समय भने तोकिएको छैन ।

जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै बहुमत सुनिश्चित भएकोले  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारीमा जुटेका छन् ।  

प्रतिक्रिया