राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्न माओवादी पदाधिकारी बैठक बस्दै
मेरोन्यूज
२०८० फागुन २७ गते १०:३१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक आह्वान गरेका छन् ।
बैठक साँझ ५ बजे बालुवाटारमा बस्ने तय भएको कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकले राष्ट्रियसभाको अध्यक्षको उमेदवार चयन गरिने उनले जानकारी दिए ।
राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको मिति आज दिउँसो बस्ने राष्ट्रियसभा बैठकमार्फत घोषणाा हुँदैछ । यही फागुन २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन गरिने कार्यतालिका घोषणा गर्न लागिएको हो ।
सत्ता गठबन्धनको सहमतिअनुसार अध्यक्ष माओवादीले पाउनेछ । अध्यक्षका लागि नारायण दाहाल, हाल राष्ट्रियसभा उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी आकांक्षी छन् ।
सम्बन्धित


















बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
प्रतिक्रिया