पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम

मोरङ । दादुरा रुबेला खोप अभियान २०८० अभियान संचालन तथा व्यवस्थापन र नियमित खोप सुदृढीकरण तथा पूर्णखोप सुनिश्चितता सम्वन्धि पालिका स्तरीय खोप समन्वय समितिहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार पथरी शनिश्चरे नगरपालिकाको आयोजना भएको सो कार्यक्रमको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गरे । नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले सञ्चालन गरेको सो कार्यक्रममा जगत बहादुर मगरले कार्यक्रमको उद्देश्य बारे प्रष्ट्याउनु हुँदै स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालय विराटनगरका भरत भण्डारीले आफ्ना उत्कृष्ट प्रस्तुतिकरण राखेका थिए । यही फागुन २९ गतेदेखि चैत ७ गतेसम्म पथरी शनिश्चरे नगरपालिकाका सबै वडाहरूमा ९ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकाहरुका लागि दादुरा–रुवेला खोप अभियान संचालन हुँदैछ ।
कार्यक्रममा वडा अध्यक्षहरू भीम कुमार राई, विजय लिम्बु, लोककिरण न्यौपाने, उद्धवराज बस्नेत, जीवन खतिवडा, कार्यपालिका सदस्यहरु, नगरका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मी र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया