जसपाका दुई मन्त्रीले लिए शपथ
मेरोन्यूज
२०८० फागुन २७ गते १२:११

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आज जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
आइतबार नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्रीमा नवलकिशोर साहले शपथ लिएका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
यसअघि फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए ।
जसपाका अध्यक्ष यादव र सांसद साहले मन्त्री पदको शपथ लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको मन्त्रिपरिषद् २१ सदस्यीय भएको छ ।

सम्बन्धित
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
दुई हजार एक सय जना एमालेमा प्रवेश
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया