सोमबार, माघ १२, २०८२

इलाम उपनिर्वाचन : उम्मेदवार बन्न सुहाङले दिए निवेदन

मेरोन्यूज २०८० फागुन २७ गते १३:०९

काठमाडौं । आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् ।

इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् ।

सुहाङसहित रविन्द्र सुवेदी, बुद्धि खनाल, देवी क्षेत्री दुलालले निवेदन पेस गरिसकेका छन्।

एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि आवश्यक अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलले चैत ३ सम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेश गर्ने तयारी छ ।

प्रतिक्रिया