साढे ४ किलो चरेशसहित एकजना पक्राउ

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट प्रहरीले चार किलो पाँच सय ३५ ग्राम चरेश बरामद गरेको छ ।
गजुरी गाउँपालिका–५ मानेभन्ज्याङबाट मलेखुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३० प ७०२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
प्रहरीले मोटरसाइकल चालक गजुरी गाउँपालिका–४ का ३६ वर्षीय विजय प्रजा र सोही मोटरसाइकलमा सवार ३२ वर्षीय सुरज तामाङलाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले चरेशसहित नगद रु ३० हजार पनि बरामद गरिएको छ ।
“शङ्का भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकललाई पिछा गरेको र मलेखु पुगेपछि नियन्त्रणमा लिएर जाँच गर्दा कालो झोलाभित्र तीन वटा बट्टामा चरेश भेटियो”, जैसवारले भने । प्रहरीले सो सम्बन्धमा अनुसन्धान चलिरहेको बताएको छ ।
















प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया