साढे ४ किलो चरेशसहित एकजना पक्राउ

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ मलेखुबाट प्रहरीले चार किलो पाँच सय ३५ ग्राम चरेश बरामद गरेको छ ।
गजुरी गाउँपालिका–५ मानेभन्ज्याङबाट मलेखुतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३० प ७०२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
प्रहरीले मोटरसाइकल चालक गजुरी गाउँपालिका–४ का ३६ वर्षीय विजय प्रजा र सोही मोटरसाइकलमा सवार ३२ वर्षीय सुरज तामाङलाई नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट प्रहरीले चरेशसहित नगद रु ३० हजार पनि बरामद गरिएको छ ।
“शङ्का भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकललाई पिछा गरेको र मलेखु पुगेपछि नियन्त्रणमा लिएर जाँच गर्दा कालो झोलाभित्र तीन वटा बट्टामा चरेश भेटियो”, जैसवारले भने । प्रहरीले सो सम्बन्धमा अनुसन्धान चलिरहेको बताएको छ ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया