नेपाल पत्रकार महासंघ जापान शाखाले मनायाे १३ औं स्थापना दिवस

काठमाडौं । नेपाल पत्रकार महासंघ जापान शाखाको १३ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । महासंघको स्थापना दिवस फोटो तथा भिडियो पत्रकारिता तालिम, बार्बिक्यु सहित केक काटेर मनाइएको हो ।
जापानको चिवा स्थित हातेमालो हाउसमा जापानमा क्रियाशिल ३३ जना पत्रकारको सहभागितामा फोटो तथा भिडियो पत्रकारिता तालिम सम्पन्न भएको हो ।
पत्रकारहरुको क्षमता अभिवृध्दि गर्ने उदेश्यले आयोजित तालिमको सहजिकरण प्रध्यापक डाक्टर तोसिआकि ईतो, राजकुमार बस्नेत र रिक्कि गौचनले गरेका थिए।
तालिमको समापनका अवसरमा बोल्दै जापानका लागि नेपालि राजदुत डाक्टर दुर्गा बहादुर सुवेदिले जापानमा क्रियाशिल पत्रकारले समाजको हितका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । उनले समाजलाई नकरात्मक असर नपर्ने गरि समाचार संप्रेक्षण गर्दा ध्यान दिन आग्रह गरे ।
स्थापना दिवसको अवसरमा पत्रकारको क्षमता अभिवृद्दिका लागि तालिमका साथै आत्मियता र भाईचाराका लागि बार्बिक्यु आयोजना गरिएको पत्रकार महासंघका अध्यक्ष शन्त पहरिले बताए ।











आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया